Section 58
बाधा बिरोध गर्नेलाई सजाय हुने
कुनै व्यक्तिले भन्सार अधिकृत वा भन्सार कार्यालयको कर्मचारीलाई यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमले दिएको अधिकार प्रयोग गर्न जानाजानी बाधा अवरोध पुच्याएमा भन्सार अधिकृतले त्यस्तो व्यक्ति सरकारी कर्मचारी भएमा पाँच हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय र अन्य व्यक्ति भए छ महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।